२ लाख ६९ हजार बराबरको प्यज र चिनी प्रहरीको नियन्त्रणमा

रामबाबु मेहता, भदौ २०
बारा प्रहरीले कलैयाको एक स्थानियको घरमा शुक्रवार छापामारी गरी रु २ लाख ६९ हजार बराबरको चिनी र प्याज नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाराबाट सादा पोषाकमा र प्रहरी चौकी मटिअर्वा बाट खटिएको संयुक्त प्रहरी टोलिले कलैया उ.म.न.पा. वडा नं. १२ बस्ने खेडु मियाँको घरलाई छापामारी गरी अं. मुल्य रु.८४ हजारको २४ बोरा चीनी र १ लाख साढे ८५ हजार बराबरको ५३ बोरा प्याज फेला पारी नियन्त्रणमा लिएको हो ।
उक्त नियन्त्रणमा लिएका समानहरुलार्ई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाराले प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जनाएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस







