डेढलाख मूल्य भन्दा बढीका सामानसहित पिकअप प्रहरी नियन्त्रणमा

कलैया
बारा प्रहरीले १ लाख ५५ हजार मूल्य बराबरका सामानसहितको पिकअप नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उक्त सामग्रीहरु बरामद गरेको छ । बारा जिल्लाको फरकफरक स्थानबाट उक्त मूल्य बराबरका सामानहरु पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।
चेकजाँचको क्रममा बिलबिजक शंकास्पद देखिएपछि उक्त, सामानसहितको पिकअप पक्राउ गरेको उनको भनाइ रहेको छ ।
पक्राउ परेका सामानसहित पिकअपमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close