गढी मेलाको हरेक क्षेत्र अनुगमनका लागि गुप्ताको संयोजकत्वमा अनुगमन समिति गठन

उमाकान्त कुशवाहा , मंसिर ९ । पंचबर्षिय गढीमाई मेला २०८१ को हरेक क्षेत्रमा अनुगमनका लागि दिपप्रकाश गुप्ताको संयोजकत्वमा मुल अनुगमन समिती गठन भएको छ । समितिको उपसंयोजक बिश्वनाथ कुशवाहा , सचिवमा रामजी चौरसिया , सद्स्यमा अधिवक्ता श्यामबिहारी कुशवाहा , धर्मेन्द्र प्रसाद यादव , सुरेश यादव ,सशस्त्र प्रहरी बेस क्याम्प बरियारपुर , प्रहरी चौकी बरियारपुरको दल बहादुर श्रेष्ठ लगायत चयन भएका छन। अनुगमन समितिले जग्गा ब्यवस्थापन उपसमिति , बलि ब्यवस्थापन उपसमिति , खानेपानी ब्यवस्थापन उपसमिति , पुजा ब्यवस्थापन उपसमिति लगायतको क्षेत्रमा मुल समितिले अनुगमन गर्ने , गुनासो सुन्ने , तत्काल समस्या समाधान गर्ने जस्ता महत्वपूर्ण निर्णय गरिएको मुल अनुगमन समितिको संयोजक दिप प्रकाश गुप्ताले जानकारी गराए ।
आफ्नो प्रतिक्रिया दिनुहोस






