कोल्हवीबाट अफिमजस्तो पदार्थसहित ३ जना पक्राउ


रामबाबु मेहता,पुस १२ । बारा जिल्लाको कोल्हवी नगरपालिकाबाट लागू औषध अफिमजस्तो देखिने पदार्थसहित तीन जना व्यक्तिलाई प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वाडा नम्बर १० का ३२ वर्ष वर्ष का राजेश साह सोही ठाउँका २९ वर्षिय
नागेन्द्र साह र २२ वर्षिय ज्ञानेन्द्र राम रहेको बारा प्रहरीले जनाएको छ ।
आज दिउँसो इलाका प्रहरी कार्यालय कोल्हवी, बारा तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कोल्हवी नगरपालिका वडा नम्बर ०१ स्थित बजार क्षेत्रको तामागढीबाट श्रीपुरतर्फ जाँदै गरेको प्र.२–०३–००५ प ६३१२ नम्बरको TVS मोटरसाइकल शंकास्पद देखिएपछि रोकी चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा मोटरसाइकलमा सवार राजेश साहको साथबाट लुकाई–छिपाई राखिएको ४६० ग्राम लागू औषध अफिमजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
लागू औषध ओसार–पसार कार्यमा संलग्न रहेको आशंकामा मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोल्हवीले जानकारी दिएको छ।
प्रहरीले लागू औषध कारोबारविरुद्ध कडाइका साथ अभियान जारी राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close