बारा प्रहरीलाई प्रदेश प्रहरी प्रमुख गोबिन्द राज थपलियाको निर्देशन

बारा – मंसिर ८
इलाका प्रहरी कार्यालय सिमरामा आज निरीक्षण, निर्देशन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका कार्यालय प्रमुख प्र.ना.म.नि. गोविन्दराज थपलिया तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्र.उ. नरेन्द्र कुँवर उपस्थित रह्दै आवश्यक निर्देशन दिएका छन्।
निर्देशनको क्रममा प्र.ना.म.नि. थपलियाले प्रभावकारी सुरक्षा व्यवस्था मार्फत शान्ति–सुरक्षा कायम गर्ने, नागरिकमैत्री सेवा प्रदान गर्ने, अपराधको रोकथाम तथा घटित अपराधको छिटो र प्रभावकारी अनुसन्धान गर्ने विषयमा विशेष जोड दिए। उनले संगठनको छवि उच्च बनाउन प्रत्येक प्रहरी कर्मचारीले इमानदारितापूर्वक पदीय दायित्व निर्वाह गर्नुपर्ने र आदेश–निर्देशनलाई अक्षरशः पालना गर्न निर्देशन दिएका छन्। निर्देशनसँगै निरीक्षण कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ।
त्यसैगरी सोही अवसरमा स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा व्यवसायी गरी करिब ४०–४५ जनाको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो। अन्तरक्रिया कार्यक्रममा जनताले प्रहरीबाट गरिने अपेक्षा, प्रहरीको भूमिका, सुधार गर्नुपर्ने पक्ष, सरोकारवाला निकायसँग सहकार्य–समन्वयका आवश्यकता, साथै पछिल्लो जेन्जी घटनाको समीक्षा लगायत विभिन्न समसामयिक विषयमा खुला छलफल भएको थियो।
प्रहरीका अनुसार यस्तो कार्यक्रमले समुदाय–प्रहरी सहकार्य सुदृढ गर्न तथा सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





