बारा प्रहरी द्धारा २ करोडबढीको सामानसहित सूर्ती पक्राउ

रामबाबु मेहता
बाराबाट प्रहरीले २ करोडबढीको सामानसहित सूर्ती नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको जाँच अभियानबाट भन्सार छलीका सामानसहित सूर्ती नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ बाट ना ७ ख २०१९ नम्बरको बसबाट राजश्व चोरीको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको बसबाट २७ हजारका १५० किलो चिनी र १५० किलो प्याज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक डिएसपी दधिराम न्यौपानेले जनाएको छ ।
डिएसपी न्यौपानका अनुसार प्रहरीले २ करोड १५ लाख ४७६ रुपैँया बराबरका भन्सार छलीका सामानसहित सवारीहरु पक्राउ गरेको हो ।
यस्तै प्रहरी चौकी पथलैयाको टोलीले सिरहाबाट काठमाण्डौँका लागि छुटेको प्र २–०३–००१ ख ३०१८ नम्बरको मिनी ट्रकबाट ४ हजार १०० किलो आलस ३ लाख ११ हजार ६ सय रुपैँयाको बरामद गरेको प्रहरीले जनायो ।
त्यस्तैै वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना ६ ख ७६७ र ना ८ ख ९४ नम्बरको ट्रकमा लोड रहेको ६७६ बोरा सूर्ती झण्डै १ करोड ९७ लाख ३६ हजार ३७६ मूल्यको पक्राउ गरेको डिएसपी न्यौपानेले बताए ।
त्यसैगरी रौतहटबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ८ ख ७३३५ र ना ६ ख २११० नम्बरको बसबाट ३५ बोरामा १ हजार ७६० किलोग्राम प्याज ७७ हजार ५ सय मूल्यको समान बरामद गरेको प्रहरीको जनाएको हो ।
नियन्त्रणमा लिइएको सामानसहित सूर्ती तथा सवारीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।





