बिभिन्न कार्यक्रम गरि फोनिजले मनायो रजत जयन्ती

बारा,साउन २७-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समिति (फोनिज)ले आइतवार बाराको महागढीमाई नगरपालिका स्थित गढीमाई मन्दिर परिसरमा आफनो २५ औं स्थापना दिवस तथा रजत जयन्ती मनाएको हो । सो अवसरमा गढीमाई मन्दिरको लागि एउटा दिवाल घडी समेत प्रदान गेका छन्।

साही असरमा एका बिहान गढीमाई मन्दिर प्राङ्गणमा सरसफाई गरेको छ । सरसफाईमा नेपाल पत्रकार महासंघ बारा, विभिन्न मिडिया आबद्ध संचारकर्मी, नगर प्रहरी,नेपाल प्रहरी , शसस्त्र प्रहरी, गढीमाई मन्दिर विकास तथा संचालन समिति,गढीमाईका पुजारीगण,श्रद्धालु,स्थानिय लगायत सहभागी रहेका छन्।
सो रजत जयन्तिको उपलक्ष्यमा गढीमाई मन्दिर विकासमा संचारकरमिको भुमिका विषयक शुभकामाना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, फोनिज बारा अध्यक्ष जियालाल चौधरी गढीमाई मन्दिर विकास तथा संचालन समितिका अधयक्ष रामचन्द्र साह तेली, पुजारी शिव चौधरी लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका छन।


आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष दुश्यन्त चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका संचालन फोनिजका महासचिव बृजमान तमाङ्ग तथा स्वागत मन्तव्य शेखर चौधरीले गरेका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close