बारा प्रहरीले बरामद गर्यो भन्सार छलीका डेढ लाख मूल्य बराबरको कपडा

२७ साउन -बारा प्रहरीले भन्सार छलीका लत्ताकपडा बरामद गरेको हो ।
बीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २४६८ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्दा प्रहरीले बिल भरपाइ नभएको रेडिमेट कपडा बरामद गरेको हो ।

बरामद गएिको कपडाको भन्सार तिरेको कागजात फेला नपरेपछि नियन्त्रणमा लिइएको प्रहरी भनाइ रहेको छ । बरामद सबै कपडा थप कारबाहीको लागि राजश्व कार्यालय पथलैयामा बुझाइएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close