बारा प्रहरीको मिलोमतोमा प्रसौनीमा खुलेयाम अबैध रक्सी भट्टी सञ्चालन

मनोज शाह जितपुर बारा- असार १२ गते
बाराको प्रसौनीमा प्रहरीको मिलोमतोमा अबैध रुपमा रक्सी उत्पादन गर्ने भट्टी सञ्चालनमा रहेको पाइएको छ । प्रसौनी गाउँपालिका वडा १ प्रसौनीमा दिनदहाडै अबैध बिषाक्त घरेलुु मदिरा उत्पादन भरहेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी प्रमुख बिनोद बोहराले रक्सी भट्टी सञ्चालकसँग महिनावारी रुपमा ५ हजार लिइ अबैध रक्सी भट्टी सञ्चालन गर्न दिएको स्थानीहरु बताँउछन ।प्रसौनीको बाँसघारी छेउमा रहेको पक्की घरमा दिउँसो दुई बजेदेखि राति १२ बजेसम्म ७ जना कामदारहरुले अबैध मदिरा उत्पादन गरिरहेको भेट्न सकिन्छ ।खैरातीमाइ नर्सरीमा सञ्चालन हुदै अएको अबैध रक्सी भट्टीका सञ्चालक कृष्ण साह र मिश्री मुखिया रहेको छन् । बारा जिल्ला भरिनै अबैध मदिरा उत्पादन गर्ने गिरोह बिरुद्ध आफू सधैं लागि परेको बारा जिल्ला एस पि होबिन्द्र बोगटीले बताइरहँदा प्रहरी प्रशासनकै रोहबारमा जिल्ला प्रहरी कार्यालय बाराबाट मात्र ५ किलो मिटर दुरीमा रहेको प्रसौनीमा खुल्लेआम मदिरा उत्पादन भट्टी सञ्चालन भइरहेकोले यसले आर्थिक चलखेल भरहेको प्रष्ट देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close