बारामा अलपत्र ३४ जना भारतीय नागरिकको नेपाल प्रहरीद्वारा उद्धार

कलैया
बाराको एक उद्योगमा अलपत्र परेका ३४ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ ।
बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीस्थित साफा ईट्टा उद्योगमा अलपत्र परेका ३४ जना भारतीय नागरिकलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक जयकिशन साह कानु, सशस्त्र प्रहरीसहितको टोलीले भारतीय सुरक्षाकर्मीलाई जिम्मा लगाएको छ ।
उक्त उद्योगमा ज्यालादारी गरी बसीरहेका १० जना महिला, ९ जना पुरुष र १५ जना बालबालिका गरी ३४ जनालाई भारतीय एसएसबी सुरक्षाकर्मीको जिम्मा लगाइएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।


आफ्नो प्रतिक्रिया दिनुहोस





