नेपोभिट ट्यालस उधोगको प्रदुषित पानीका कारण धामधाम जिवजन्तु मर्दै

मनोज शाह जितपुर बारा
असार ११ गते
नेपोेभिट टयालस् उधोगको प्रदुषित पानीले १०ओटा भैंसी जलेको छ । जलेको उक्त भैसी मध्ये ४ वाट भैंसीको मृत्यु भईसकेको स्थानियले जनाएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा ८ स्थित रहेको नेपोभिट टयालस् उधोगको प्रदुषित पानीका कारण वडा ८ स्थानीय भैसी क्रिसक जगरनाथ यादवले म अहिले पिडामा परेको छु ,मेरो र परिवारको जन जिविका चलाउन अर्को कुनै ब्यवासाइ आफु संग छैन आफु भैंसी पालन गरेर नै आफ्नो घरबार चलाउने गर्छु । अहिले ६ वाट भैंसी पालनपोषण गर्छु त्यस मध्ये १ वाट भैंसी मरेको छ । स्थानिय गाउँबासिले भने यो उधोगको प्रदुषित पानी निस्केर खोलामा बगिन्छ खोलामा धेरै जसो गाउँका भैंसी बाख्रा हरु खोलाबाट पानी खाने गर्छ र अहिले भैसीको जिउमा घाउका फोकाहरु हुने देखिने गरेको नगेश्वर चौधरीले बताउनु हुन्छ । त्सतै जय नारायण चौधरीको तीन वाट भैंसी मरेको छ । आफुहरु वडा कार्यालय र प्रहरीर समेत उजुरी दिएको चौधरीले बताए । हामी भैंसी पालक किसानले एउटा भैसी किन्नका लागि लगभग १ लाखदेखि दुई लाख सम्म दिनु पर्ने हुन्छ । आफुहरु उचित मुआब्जाको माग समेत उजुरीमा उल्लेख गरेको चौधरीले बताए । जितपुरसिमरा उपमहानगरपालिका वडा ८ का वडा अध्यक्ष शिव शंकार महतोले उधोगहरुको प्रदुषण पनिले हाम्रो गाउँ घरको खोलानालाहरु धेरै नै प्रदुषणत भैरहेकोले यस्तो उधोगलाइ कानुनीको दायरामा लिउने प्रतिबद्धता जनाउनु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वातावरण शाखाका प्रमुख पुष्प सिहले भने अहिलेसम्म नगरमा कुनै पनि उपकरण नै छैन त्यसैले कुनै पनि प्रदुषण तथा वातावरण एकिन गर्न सकिन ।उधोगको प्रशासन नगेन्द्र जयसवालसँग बुझदा खोलामा धेरै उधोगहरुको पानी बग्छ ठिक छ त्यस्तो छ भने प्रहरी प्रशासन निबेदन हाल्नु भएको छ । उहाँहरुको के कस्तो क्षतिपूर्ति भएको छ हाम्रो उधोगको कारण भएको छ भने हामी क्षतिपूर्ति दिन तयार छौ जयसवाल ले भने ।






