ट्राफिक प्रहरी पैसा असुल्नमा ब्यस्त

वीरगंज – ट्राफिक प्रहरी अहिले ड्युटी भन्दा पनि पैसा असुल्नमा व्यस्त भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा एवं बाराबाट खटिएका ट्राफिक प्रहरीहरु ड्युटी गर्नुभन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्नेतर्फ अग्रसर रहेको देखिन्छ । पर्साको सुख्खा बन्दरगाहदेखि पावरहाउस चोक, लक्षुमणवा चोक, कलैया वीरगंज सडक खण्डमा खटिएका ट्राफिक प्रहरी सवारी दुर्घटना न्यूनीकरण गर्न ड्युटीमा खट्नु भन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्ने मनसायले जथाभावी जुनसुकै ठाउँमा छड्के चेकिङ्ग गरेर पैसा असुल्ने काम गर्दै आएको सर्वसाधारणहरुको आरोप छ ।
बिरगंज बस पार्क का कमान्ड समालेका प्रहरी सहायक निरीक्षक रामसहाय प्रसाद यादव भारतीय गाडी शीत टिप शुल्क तथा बिरगंज मा संचालित इरिशा,अटो तथा मैजिक बाट महिनवारी लिइ बिना सवारी चालक अनुमतिपत्र , सिट क्षम्ता भन्दा बढि यात्रु बोक्ने ,बिना पर्मिट सन्चालन गराएका छन। माल बाहक सवारी बाट रु २०० देखि ५०० नगद लि गाडी छाडि दिने गरेका छ्न। मैजिक मा ८ सिट भएको सवारीमा १४ जना यात्रु बोक्ने टयाम्पु चालक बाट दिनहु रकम असुल्ने गरेको छ ।
वीरगंजको सु्ख्खा बन्दरगाह स्थित ड्युटीमा खटेका ट्राफिक प्रहरीहरु भारतबाट मालसामान बोकेर आउने ट्रकहरुसँग कागजपत्रको नाममा पैसा असुल्नुको साथै कागजपत्र भएका ट्रकहरुसँग प्रति ट्रक १ सयदेखि १ सय ५० रुपैसासम्म असुल्ने गरेको बताइएको छ । त्यसैगरि वीरगंजबाट कुनैपनि सामान बोकेर जाने ट्याक्टरहरुसँग पनि पैसा असु्ल्ने गरेको बताइएको छ ।
त्यसैगरि पावरहाउस चोक स्थित खटेका ट्राफिक प्रहरीहरुले पनि आफ्नो ड्युटी भन्दा पनि चेकजाँचको नाममा मालबाहक ट्रकहरुसँग पैसा असुल्ने काम मात्रै गर्ने गरेको ट्रक चालकहरुको गुनासो छ ।
यस्तै वीरगंजको रजतजयन्ती चोक स्थित खटेका ट्राफिक प्रहरी पनि चेकिङ्गको नाममा पैसा असुली कार्य मात्रै गर्ने गरेका छन् । भारतबाट आउने यात्रुहरुलाई रोकेर कागजपत्र चेकजाँचको नाममा प्रति मोटरसाइकल १ सयदेखि ३ सय रुपैयासम्म असुल्ने गरेका छन् । नेपाल भारत ओहरदोहर गर्नेहरुको संख्या हजारौं रहेकोमा नेपाली मोटरसाइकल भन्दा पनि भारतीय मोटरसाइकलहरुलाई रोकेर केही कागजात कम भएपछि उनीहरुसँग अवैध असुली गरेर छाड्ने गरेको बताइएको छ ।
यसैगरि लक्षमण्वा चोकमा कुनैपनि बेला ट्राफिक प्रहरी भेटिँदैन तर जब साँझ पर्छ तब त्यहाँ ट्राफिक प्रहरी चेकजाँचको बहानामा आफ्नो दुकान शुरु गरि हाल्छ । सधैं साँझ ७ बजेदेखि ९ बजेसम्म ट्राफिक प्रहरी ड्युटीमा भन्दा पनि पैसा असुल्नमा व्यस्त देखिन्छ । लाइसेन्स नभएका, कागजपत्र नबोकेका मोटरसाइकल चालकहरुसँग चिट काट्नुको सट्टा आधा पैसा कम लिएर विना चिट छाड्ने गरेको बताइएको छ । त्यसैगरि गण्डक चोक स्थित खटेका ट्राफिक प्रहरीले सामान बोकेको ट्याक्टर एवं ट्रकहरुसँग अवैध रुपमा पैसा असुल्ने काम गर्दै आएको छ ।





