२ लाख ७२ हजार बराबरको १ सय ९५ कार्टुन चाईनिज तास प्रहरीको नियन्त्रणमा

रामबाबु मेहता, भदौ ९ बारा प्रहरी आज २ लाख ७२ हजार बराबरको १सय ९५ कार्टुन चाईनिज तास प्रहरीको नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा बाट खटिएको प्रहरीको टोलीले वीरगंज देखि बरियारपुर तर्फ जादै गरेको ना ५ च १८०१ नम्बरको पिकअप गाडीलाई कलैया उप–महानगरपालिका वडा नं.१४ बघवन गाउँ नजिक रोकी चेकजाँच गर्दा बिल बिजकसंग नमिलेको उक्त गाडिमा लोड गरेको १ सय ९५ कार्टुन चाईनिज तास अं.मुल्य दुई लाख बहतर हजार बराबरको पिकअप सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया पठाईएको बारा प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close