बारामा दुईजना फरार प्रतिवादीलाई पक्राउ

कलैया,
जिल्ला प्रहरी कार्यालय बाराले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–६ बबुआइन बस्ने ३१ वर्षीय सोनालाल प्रसाद यादव र जीतपुरसिमरा उपमहानगरपालिका–२० बसडिलवा बस्ने २५ वर्षीय मुनिलाल प्रसाद यादव रहेका छन् । बारा जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेकोमा दुई जनालाई प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जनाएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close