२ करोड भ्रष्टाचारका २ वटा मुद्दा लागेका बाराका सहायक सीडीओलाई सफाइ

काठमाडौं– दुई वटा फरकफरक मुद्दामा २ करोड रुपैयाँ भन्दा बढी भ्रषटाचारको आरोपमा लागेका जिल्ला प्रशासन कार्यालय बाराका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) शिवराज सेढाईले सफाइ पाएका छन्।
विशेष अदालतले सेढाईसहित तीन जनालाई प्रतिवादी बनाएर दायर भएका दुई वटा छुट्टा–छुट्टै मुद्दामा सफाइ दिएको छ । विशेष अदालतको सोमबारको टेकनारायण कुँवर, नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठलको इजलासले सेढाई सहितका व्यक्तिलाई सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेढाई सहितका व्यक्ति विरुद्ध दुई छुट्टाछुट्टै मुद्दामा २ करोड २० लाख २ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २०७९ असार १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सेढाईले बाराको जितपुर सिमरा उपमहानरपालिको प्रमुख प्रशासकीय अधिकृत भएको बेला भ्रष्टाचार गरेको आरोलागेको थियो ।

 
सेढाईसहित ओम सप्लायर्स बाराका प्रोपाइटर ओमशंकर प्रसाद र उक्त सप्लार्यस विरुद्ध राजश्व चुहावट गरी ९९ लाख ९९ हजार ९९९ रुपैयाँ भ्रष्टाचार गरेको दाबी सहित सोही बराबरको बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो । त्यसैगरी सेढाई सहित न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मीराकुमारी श्रेष्ठ र उक्त कम्पनी विरुद्ध पनि राजश्व छली १ करोड २० लाख २८ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close