प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठक वीरगञ्जमा सुरु,

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने

वीरगञ्ज – प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठक वीरगञ्जमा सुरु भएको छ । २० औँ स्थापना दिवसको तयारीका सम्बन्धमा वीरगञ्जमा आइतवारदेखि केन्द्रीय बैठक सुरु भएको छ । ।
आज १४ गते बिहान ९ बजे बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले केन्द्रीय समितिको बैठकमा राख्ने एजेण्डा तय गरी सकेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाले जानकारी दिए ।

कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहने र कार्यक्रमको अन्तिम दिन माघ १५ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसका अवसरमा माघ १५ गते बिहान ८ बजेदेखि १ बजेसम्म प्रभातफेरीसहित वीरगञ्जको नगर सभा गृहमा स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम राखिको प्रेस सेन्टर नेपाल महा सचिव संतोष पौडेलले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close