बाटो बनाउने विवादमा गोली लागि , एकजनाको मृत्यु

रौतहट- रौतहटमा बाटो बनाउने विषयमा विवाद उत्पन्न हुँदा गोली लागेर एकजनाको मृत्यु भएको छ ।लाइसेन्स भएको १२ बोरको बन्दुकबाट प्रहार गरिएको गोली लागि स्थानीय राजकुमार राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा बाटो बनाउँने विषयमा विवादको क्रममा गोली चल्दा राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिए उनले विवाद हुँदा लाइसेन्स भएको १२ बोरको बन्दुकबाट प्रहार गरिएको स्थानीय राजकुमार राय यादवको मृत्यु भएको बताए । गोली लागेपछि स्थानीय अस्पतालमा उपचारको लागि यादवलाई लगिएपनि उपचार सम्भव नभएपछि वीरगंज रेफर गरिएको थियो । तर, उनको मृत्यु बाटोमै भएको प्रहरी उपरिक्षक बुढामगरले जनाएका छन । ।
आफ्नो प्रतिक्रिया दिनुहोस





