मधेसका मुख्यमन्त्री यादवलाई दोस्रो पटक पनि शतप्रतिशत विश्वासको मत

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई शतप्रतिशत विश्वासको मत प्राप्त भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांदसहरूले समेत विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासको मत पाएका हुन्।

यसअघि एमाले मधेस सरकारबाट बाहिरिनुको साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो। एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले मुख्यमन्त्री यादवलाई डनको संज्ञा दिँदै विश्वासको मत दिएको बताए। राजनीतिक दबाबको कारण समर्थन फर्ता लिएको तर सरकारले काम गरिरहेकाले विश्वासको मत दिएको उनले बताए।  मधेस प्रदेशको १०७ सदस्यीय प्रदेश सभामा एमाले २३ सांसदसहित सबैभन्दा ठूलो दलका रुपमा रहेको छ कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन्। त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्।

नेपालको इतिहासमा शतप्रतिशत बिश्रवासको मत प्राप्त गर्ने अति मिलनसार निडर र साहसी सिम्रौनगढ निवासी मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव मात्रै हुन् । मधेस प्रदेशका कूल १०७ सांसदमध्ये १०३ जना उपस्थित छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close