सिम्रौनगढमा कार्यरत शिक्षक पराजुली मृत अवस्थामा फेला


रामबाबु मेहता /

बाराको सिम्रौनगढमा एक शिक्षक मृत अवस्था मा फेला परेका छ्न । सिम्रौनगढ वाडा नम्बर -८ स्थित कचोर्वाको नया बजारमा माछा बेच्ने ठाउँमा एउटा शिक्षक मृत अवस्थामा फेला परेको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ – ८ टोल कचोर्वा स्थित श्री ने. रा. प्रा. बि. को ३३ वर्षिय स्थायी शिक्षक नेरेन्द्र पराजुली रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपालचोक जिल्ला,बारहबिसे नगरपालिका वार्ड न. ८ घर भइ शिक्षक नरेन्द्र पराजुली बिगत चैत्र २७ गते देखि यस बिधालयमा कार्यरत रहेका थिए।
यता सिम्रौनगढ नगरपालिकामा लामो समय देखि
प्रशासकीय अधिकृत र लेखा पाल नहुदा र कार्यपालिका बिचको बिवाद्ले नगर परिषद समयमा सम्पन्न नभएको अवस्थामा कर्मचारी तथा शिक्षकहरु लामो समय देखि तलब भता बाट बन्चित रहदै आएका छ्न ।
बाहिर बाट आएका सो शिक्षक पैसाको कारण दशै पर्वमा समेत घर जान सकेन जेन तेन गरेर शिक्षक पाराजुली गाउँ वासी,पसले र साथीहरु सङ सापटी रुपैया ली पेट पाल्दै आएको स्थानीय हरु बताउछ्न ।
तलब भत्ता नपाउदा आफु धेरै अप्ठ्यारोमा गुजारा चलाइ रहेको भएको कुरा मृतकको भिनाजु बारा सिमरा निवासी कुबेर न्योपानेले जानकारी गराए । मृत्यु भएको शिक्षक न्योपाने दिन्हु रक्सी सेवन गर्ने ब्याक्ती रहेको स्थानीयहरु बताउ छ्न ।

शुक्रवार अप्रान्ह ४ बजे कचोर्वा स्थिति नया बजारको माछा बजारमा शिक्षक नरेन्द्र पराजुली मृत अवस्थामा फेला परे पछी स्थानिय वासिहरुले प्रहरी लाई जानकारी गराएका थिय । सूचना पाउन साथ बस्वरीया प्रहरी चौकी र ईलाका प्रहरी सिम्रौनगढ बाट प्रहरीको टोली घटना स्थलमा पुगी कानुनी प्रक्रिया अनुसार घटनाको बारेमा गहिरो अनुशन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबी भूषण यादवले जानएका छ्न ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close