बाराको कलैयामा अनिश्चितकालीन गाडी बन्द

कलैया । विभिन्न माग राख्दै बाराको कलैयामा सार्वजनिक यातायात व्यवसायीहरूले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।

बारामा संचालनमा रहेका बस,म्याजिक भ्यान र ईभि गाडी लगायतका यातायात संघहरुले विभिन्न माग राख्दै आज बिहिवार देखि यातायात बन्द गर्न घोषण गरेका हुन् ।

व्यवस्थित पार्किङको व्यवस्था नरहेको,लाइसेन्स,रुट प्रमिट र अनुमतिपत्र बिना सवारीसाधन सडक चलाएको,गाडीको क्षमतामा भन्दा बढी यात्रु बोक्ने,दुर्घटना बढ्दै,जथाभावी सवारीसाधन सडकमा चलाएको,बसको अगाडि अटो आउछ अनि साइड नदिने भन्दै अनिश्चितकालीन गाडी बन्द गरेको आन्दोलन समितिका अध्यक्ष रामजी प्रसाद पटेलले बताए ।

“अटोहरु स्थानीय तह संग अनुमति लिएको छ भने पालिका भित्र चलाउनु पर्‍यो तर अटोहरुले नियम उलंघन गरि चलाउछ प्रशासनले नदेखे जस्तै गर्दै छ” उनले भने ।

साथै दुर्घटना न्यूनीकरण गर्न क्षमता अनुसार गाडीमा यात्रुहरुलाई बोक्न उनले आग्रह गरेका छन् ।

प्रशासनबाट गाडी व्यवस्थित गर्न आदेश आएको दुई दिन सम्म व्यवस्थित हुन्छ फेरि त्यही अवस्था पुग्ने गरेको म्याजिक संघका अध्यक्ष धर्मेन्द्र उपाध्यायले बताउछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close