बारा जिल्ला अदालतको सुनवाइ स्थगित

कलैया : बारा जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय बाराबाट बुधबार जारी भएको कर्फ्यु आदेशका कारण आवागमनमा भएको अवरोधले उत्पन्न बिषम परिस्थिति र संवेदनशीलतालाई दृष्टिगत गरी अदालतले सुनवाई तथा पेशी स्थगित गरेको छ।
सेवाग्राही एवम् कानुन व्यवसायीहरुको असहजता समेतलाई ध्यानमा राख्दै बन्दीप्रत्यक्षीकरणको निवेदन र थुनछेक बाहेक अदालतमा नियमित तथा पुरक पेसी तोकीएका मुद्दाको सुनुवाई स्थगित गरिएको अदालत प्रशासनले जनाएको हो।

भदौ २४ गतेदेखि २६ गतेसम्म तोकिएका तारेख नगुज्रने समेत अदालत प्रशासनले सबैलाई जानकारी गराएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close