सिम्रौनगढ ईलाकामा ६३ किलो लागू औषध सहित मोटर साइकल प्रहरी नियन्त्रणमा

मुकेश मेहता माघ २१ । बारा प्रहरीले ६३ किलो लागु औषध गाँजासहित दुई मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा आइतबार इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगँज खजानीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले ६३ किलो लागु औषध गाँजासहित दुई मोटरसाइकललाई नियन्त्रणमा लिइएको । सुवर्ण  गाउँपालिका – ३ बकतौरा गाउँ नजिक बाट भारत तर्फ जाँदै गरेको बा. प्रदेश-०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाईकल चालकले प्रहरीलाई देख्न बितिकै मोटरसाईकल छाडी फरार भएका थिए ।मोटरसाइकलबाट ६३ किलो २०० ग्राम ४ पोका लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।

 उक्त लागू औषधसहित मोटरसाईकललाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close