सिम्रौनगढमा चारसय ५० जना बिपन्न परिवारलाई न्यानो कपडा वितरण

सिम्रौनगढ ।
बाराको सिम्रौनगढ नगरपालिकामा एकदिने निशुल्कस्वास्थ्य शिविर शनिवार सिम्रौनगढ–१ सशस्त्र प्रहरी बेस क्याम्पको प्राङगणमा सम्पन्न भएको छ ।
नेपाल सशस्त्र प्रहरीको १२ नं. गण हेडक्वाटर बाराको आयोजना तथा २३ औँ सशस्त्र प्रहरी दिवस २०८० र सिमासँग सशस्त्र प्रहरी अवधारणा अन्र्तगत उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सिम्रौनगढका नगरप्रमुख किशोरी प्रसाद कलवारले पानसमा बत्ती बालेरे उद्घाटन गरेका छन् । सोही अवसरमा नगरप्रमुख कलवारले चार सय ५० जना अति विपन्न परिवारलाई न्यानो कपडासमेत वितरण गरेका छ ।
उक्त स्वास्थ्य शिविरको उदघाटन कार्यक्रममा बाराका प्रमुख अधिकारी शशीधर घिमिरे, प्रहरी उपरिक्षक एसपी सुरेश प्रसाद काफ्ले, सशस्त्र प्रहरी उपरिक्षक टोप बहादुर डांगी, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नविन राई, सशस्त्र प्रहरी बिओपी गोलागञ्जका प्रहरी निरिक्षक सुमन अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाहा,सिम्रौनगढ नगरपालिका वडा नं. ४ का अध्यक्ष अवधेश सहनी, ६ का वडाध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल, ७ का अध्यक्ष बिवेक मेहता, समाजसेवी रामबाबु कुशवाहा लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।






