मण्डलको हत्या प्रकरणमा ९ जना पक्राउ अनुशान्धान जारी


कलैया माघ २ । कुटपिटबाट बाराको कलैयामा एक जनाको शुक्रबार मृत्यु भएका कलैया उपमहानगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डलको हत्या प्रकरणको अनुशासनको क्रममा ९ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
कलैया उपमहानगरपालिका वडा नम्बर १ बैंक रोडमा रहेको नव जन्म पुर्नस्थापना केन्द्रमा मण्डल १५ दिन देखि भर्ना रहेका थिए।
मण्डल र त्यहाँ रहेका मानिसविच वादविवाद हुदा सो विवाद कुटपिटमा परिणत भएको थियो।
त्यसपछि घाइते भएका मण्डललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल श्रोतले जनाए छ ।
सो पुनस्थापना केन्द्र बारा कलैया उपमहानगरपालिका वडा नं ३ भवानिपुर बस्ने २२वर्षीय साहेब बाबु मन्सुरले सञ्चालन गरेका हुन्।

मण्डलको हत्याको अनुशासनमा प्रहरीले कलैया ३ का १९ वर्षीय सर्फराज मन्सुरी,कलैया ४ का २२ वर्षीय निरज सरार्फ,कलैया ६ का २० वर्षीय राहुल भन्ने महम्मद आशु मिँया शेखलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यस्तै कलैया १ का २४ वर्षीय अरुण सरार्फ,कलैया ३ का २२ वर्षीय साहिल अलीलाई समेत सो घटनामा अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
कलैया वडा नम्बर २ का २१ वर्षीय प्रमेश्वर साह,कलैया वडा नम्बर का सुरज शेख,कलैया ३ का २९ वर्षीय तमन्ना अली,कलैया १ का १९ वर्षीय सागर गुप्तालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराको एक श्रोतले जानकारी दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close