चोरी को समान सहित ६ जना पक्राउ

३१ भाद्र २०८० आईतबार
कलैया –
जिल्लाको महागढीमाई नगरपालिका ५ बगडमपुर बस्ने नरेन्द्र जैसवालको घरमा शनिबार दिउँसो चोरी भएको हो । चोरीका समानसहित ६ जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा १० देखि १४ वर्षका किशोर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार राति पक्राउ गरिएको हो ।चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले खोजी तथा अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट सिक्री १ थान, सिक्का १४ थान, ढीका १ थान, औँठी १ थान, बिन्दिया १४ थान, लकेट २ थान, कानको रिङ ४ थान, फुली ४ थान, क्यामेरा १ थान, मोबाईल १ थान, पित्तलको कचौरा १ थान र पाएल १३ थान बरामद गरिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close