सिम्रौनगढमा बरामद लागूऔषध नष्ट

मुकेश मेहता मंसिर २९। बाराको सिम्रौनगढ ईलाका प्रहरी कार्यालयको टोलीले विभिन्न मितिमा बरामद गरेको लागू औषध स्थानीयहरुको रोहवरमा नष्ट गरेको छ। प्रहरी निरीक्षक कृष्ण देव साहका अनुसार कानुनी२२ जना उपर लागू औषध ओसारपसार सम्बन्धि मुद्दा चलाइएको र प्रक्रिया पूरा गरी लागू औषध नष्ट गरिएको हो।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढले लागू औषध नियन्त्रण अभियानअन्तर्गत विभिन्न स्थानबाट नियन्त्रणमा लिएको लागू औषध सुरक्षित रूपमा राखी सम्बन्धित निकायको समन्वयमा नष्ट गरेको जनाएको छ। नष्ट गर्ने क्रममा ईलाका प्रशासन कार्यालय , स्थानीय जनप्रतिनिधि सिम्रौन गढ नगर पालिकाको कर्मचारी ,शिक्षाक , पत्रकार तथा सर्वसाधारणको उपस्थितिमा पारदर्शी ढंगले प्रक्रिया सम्पन्न गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिए। उनले दिएको जानकारी अनुसार पक्राउ गरिएको लागू औषध गान्जा ७ सय सात किलो एक सय पचास ग्राम डाइजो पाम ७ सय ६० एम्पुल ,फेनार्गन ७ सय ८३ एम्पुल,नुर्फिन ७५९ र नाइट्रोभेट ८ सय ७० ट्याबलेट खल्डो खनी आगो लगाइ नष्ट गरिएको छ ।

उनका अनुसार लागू औषध दुव्र्यसन समाजका लागि गम्भीर समस्या बनेकाले यसको नियन्त्रणका लागि प्रहरी निरन्तर सक्रिय छ। आगामी दिनमा पनि लागू औषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूलाई कडाइका साथ कारबाही गरिने उनले बताए।

स्थानीय बासिन्दाले प्रहरीको यस कदमको स्वागत गर्दै लागू औषध नियन्त्रणमा अझ कडाइ गर्न आग्रह गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close