सुर्वण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव एक महिना देखि फरार,
कर्मचारी द्वारा आन्दोलनको तयारी, सीडीओलाई ज्ञापन पत्र

रामबाबु मेहता,बारा , १९ पुस ।
बाराको सुर्वण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले पालिकालाइ लिखित जानकारी नगराइ एक महिना देखि फरार रहेको जनाइएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्त मंसिर १६ गते देखि कार्यालयमा अनुपस्थित रहदै आएका छन् ।
प्रशासकीय अधिकृत श्रीवास्तव महिना दिन देखि फरार रहेको हुदा दैनिक काम कार्वाही , कर्मचारीको तलब देखि विभिन्न आर्थिक काम अवरुद्ध भएको भन्दै सो पालिकाका कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुले मंगलवार प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी लाई गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव नेतृत्वमा गएको जनप्रतिनिधि र कर्मचारीहरुको टोलिले ज्ञापन पत्र बुझाएको छ ।
उक्तज्ञापनपत्रमा प्रशासकीय अधिकृत श्रीवास्तावले लिखित जानकारी नगराई मङ्सिर १५गते देखि कार्यलयमा हाजिर नरहेको र पटक पटक फोन गर्दा मोबाईल स्वीचअफ गरेको र म्यासेज समेत नगरेको गरेको हुदा कार्यलयमा कार्यरत रहेका सम्पूणर् कर्मचारी तथा पदाधिकारीहरुले ५ महिना देखि तलब नपाएको साथै विकास निमाणर्को कामहरु समेत ठप्प भए संगै कर्मचारीहरुको कार्य सम्पादन तथा मुल्याकंन फारममा समेत अंक नदिएको हुदा कर्मचारीहरुको बढुवामा समेत प्रभाव पर्ने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
तलब नमिल्दा आफुहरुलाई घरपेट्टि हरुले घर खाली गराउने सम्मको धम्की दिन थालेको कर्मचारीहरुले दुखेसो पोखेका छन । आर्थिक अभावका कारण अब कार्यालय आउन जान समेत कठिनाई भए संगै बाईकमा तेल हाल्ने समेत पैसा सकिदा अप्ठ्यारो भएको उनिहरुले बताएका छन ।
कर्मचारी तथा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको ब्यवस्था गरि कार्यालयका सेवाहरु सहज रुपमा संचालन हुने वातावरण बनाउन प्रमुख जिल्ला अधिकारी मार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । प्रमुख प्रशासकीय अधिकृतको ब्यवस्था र तलब नपाए सम्पुणर् सेवाहरु ठप्प गरि आन्दोलनमा जाने ज्ञापनपत्रमा उल्लेख छ । उक्त समस्याको समाधानकालागि प्रमुख जिल्ला अधिकारी कटुवाले सोही बेला सम्बन्धित मन्त्रालयमा कुरा गर्नु भएको तथा चाडै समस्या समाधान गराउन प्रतिबध्ता जाहेर गर्नु भएको छ ।





