बाराको मुसहर्ना प्रहरी चौकिको मिलोमतोमा खुल्मखुला तस्करी

विश्रामपुर सम्वाददाता
बाराको विश्रामपुर गाउँपालिकाको मुसहर्ना नाका बाट ब्यापक तस्करी फस्टाएको छ । उक्त नाकाबाट नेपाल तर्फ टेक्टरमा नै धान र चामलको तस्करी गराउने कार्य सुरु भएको छ । बारा प्रहरीलाई मोटो रमक दिइ तथा राजनितिक संरक्षणमा महिनौ देखि सो नाकाबाट टेक्टरमा नै धान र चामलको तस्करी सँगै बोराका बोरा काजु र किसमिसको समेत तस्करी फस्टाएको स्थानियहरुले जानकारी गराएको छ ।
नेपाल प्रहरी र सशत्र प्रहरी र केही स्थानिय नेता तथा जनप्रतिनिधि समेतलाई दैनिक र मासिक रुपौया बुझाई तस्करहरुले आफनो टीममा बाउन्सर समेत राखेर राती राती तस्करी गराउदै आएको स्थानियहरु बताउछन् । यता आफनो मातहदमा रहेको कुनै पनि प्रहरी पोष्टलाई वा कुनै पनि प्रहरीले तस्कर संग नमिलेको तथा खुल्ला सिमान भएकै कारण दैनिक उपभोगका समान लुकाई छिपाइ नेपाल आउने गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपाने बताउछन् ।





