कमेशनको भरमा कन्काली मा बि को कोठा र पर्खाल निर्माण गुणस्तर हिन रहेको आरोप

सिम्रौनगढ ,आशिन २३ गते । बाराको सिम्रौनगढ स्थित श्री कन्काली मा बि को कोठा र कम्पाउण्डबाल कमेशनको भरमा गुणस्तर हिन काम भएको रहस्य बहिरिएको छ । कोठा र पर्खाल निर्माणका लागि सरोज कुमार यादव मुख्यमन्त्री भएको बेला मधेस प्रदेश सरकारले दिएको ४५ लाख रकमको निर्माण काम गुणस्तर हिन भएको स्थानीयले आरोप लगाएको छ । स्थानीयहरुक अनुसार मापदण्ड भन्दा कम सिमेन्ट र गोडिया इटाको प्रयोग भएको स्थानीयहरु को भनाइ ।
इन्जिनियर र बि .ब्यवस्थापक समितिको मिलोमतोमा कमेशन को चलखेल गरि निर्माण भएको सो भवन र पर्खाल निर्माणको छानबिनका लागि अख्तियार अनुशासन कार्यालय हेटौंडाको ध्यानाकर्षण भएको छ । अख्तियार को कार्यालयले सो कार्यको छानबिन गरि प्रतिवेदन पठाउन सिम्रौनगढ नगरपालिकालाइ १५ दिने पत्र समेत पठाएको छ । यता बिधालय ब्यवस्थाक समितिले आफुहरुले राम्रो काम गरेको तथा कुनै किसिमको कमेशनको काम नगरेको जिकिर गर्दै आएका छ्न ।






