Trending

तानाशायी प्रवृति सहय नहुने- नेपाली काँग्रेसका सहमहा मन्त्री यादव

स्व लक्ष्मी मुखियाको श्रद्धान्जली सभा सम्मपन्न


सिम्रौनगढ=नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तानाशायी प्रवृति आफुहरुलाई सहय नहुने बताएका छन ।
प्रहरीको गोली लागी मृत्यु भएको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नामसागरा ढाट निवासी स्व लक्ष्मी मुखया बिनको १३ पुन्य तिथीमा आयोजना गरिएको श्रादञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका पुर्व मन्त्री यादवले यस्तो बताएका हुन ।
देशको परिवर्तनका लागि, जनताको सुरक्षाका लागि बिधिको शासन कायम गराउनका लागि जस्तो सुकै तानाशायहरुलाई नछोडने उदघोष गरेका थिए ।
गोली हान्ने प्रहरीलाई बर्खास्त गर्न माँग गर्दै नेता यादवले परिवारको क्षेतिपुर्ती तथा वालबच्चाहरुलाई शिक्षादिक्षा उपलब्ध गराउन सरोकारवाला संग आग्रह समेत गरेका थिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका अर्का सहमहा मन्त्री उमाकान्त चौधरीले लक्ष्मी मुखया बिनको घटना नियोजित रुपमा घटाइएको बताउदै घटनामा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव र सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवारको पनि हात हुन सक्ने अंशाका गरेका छन ।
नेपाली काँग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजयशंकर यादवको अध्यक्षतामा सम्पन्न भएको सो श्रादञ्जली कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादव, सहमहा जयनारायण यादव , सदस्य उपेन्द्र जयसवाल, महासमिति सदस्य रामनरेशकान्त , जिल्ला सहसचिव प्रमोद यादव, प्रदेश क का सभापति टेकबहादर लामा, ख का सभापति मोहन कुसवाहा,, काँग्रेसका युवा नेता पेमासिद्धि लामा आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साह, शिक्षक संघ सिम्रौनगढ नगर समितिका अध्यक्ष उमाशंकर प्रसाद यादव, करार कर्मचारी संघका अध्यक्ष नितेश यादव, वडा नम्बर १ का वडाअध्यक्ष दिनदेयाल मुखिया १० का वडाअध्यक्ष राजकुमार यादव , नेकपा एसका नेता किशोरी प्रसाद यादव, माओवादी केन्द्रका नेता भोजिन्द्र यादव, पत्रकार सिकेन्द्र पासवान लगायतकाले आफना बिचार ब्यक्त गर्दै श्रादञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेश समितिको तर्फबकाट उपसभापति चन्द्रशेखर कुमार यादवले रु १ लाख २५ हजार र आदर्शकोतवाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले आफनो निजी तर्फबाट रु १ लाख ५ रुपैया स्व लक्ष्मी मुखया बिनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषना गरेका थिए । यो भन्दा अगाडी महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले ५ लाख आर्थिक सहयोगको घोषना गरिसकेका छन भने सिम्रौनगढ नगरपालिकाको बोर्ड बैठक बसी रु १० लाख रुपैया सहयोग दिने घोषना हुने सो अवश्रमा जानकारी गराएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close