सिम्रौनगढ घुम्फिरसँगै गढीमाई दर्शनको अवसर

बारा — गढीमाई मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि सिम्रौनगढ घुम्न, ऐतिहासिक एवं धार्मिक स्थलहरू अवलोकन गर्न सकिने राम्रो अवसर रहेको स्थानीयवासीले बताएका छन्। बरियारपुर स्थित गढीमाई दर्शनका लागि आउने भक्तजनले नेपाल भारत सिमाना नजिकमै रहेको सिम्रौनगढ घुमेर थप आध्यात्मिक र ऐतिहासिक अनुभूति लिन सक्नेछन्।

सिम्रौनगढमा अवस्थित मा कन्कालीको दर्शनलाई विशेष महत्व दिइन्छ। भक्तजनका अनुसार यहाँको दर्शनले मनोकामना पूरा हुने विश्वास रहेको छ। त्यस्तै, यस क्षेत्रका ऐतिहासिक सम्पदाहरू—रानीवास दरबार, देवताल– ५२ बिगाहा झरोखर पोखरी पोखरी, तलुजा भवानी पलकिया माई, लगायतका स्थानले धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यको अनौठो संयोजन प्रस्तुत गर्छन्। यस्तै सो ठाउँमा बिहान र बेलुका किर्तन भजन हुने गरिन्छ ।
स्थानीय पर्यटन प्रवर्द्धन समितिका अनुसार पछिल्लो समय गढीमाई दर्शनसँगै सिम्रौनगढ घुम्ने भक्तजनको संख्या बढ्दो छ। उनीहरूलाई व्यवस्थापन र जानकारी सरल बनाउन स्थानीय स्तरमा पनि पहल भइरहेको छ।






