आफु भ्रष्टाचार गरेको छु भने प्रमाण सहित समाचार बनाउनुस ः नगर प्रमुख साह

रामबाबु मेहता
कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले पत्रकारले जहिले पनि सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पर्न सुझाव दिनु भएको छ । मंगलवार उपमहानगरपालिकाको सभाहलमा गरिएको पत्रकार भटघाट मा उहाले आफु भ्रष्टाचार गरेको छु भने प्रमाण सहित समाचार बनाउन आग्रह समेत गर्नु भयो । पत्रकार देशको चौथो अंङ्ग भएकोले स्थानीय तहको कमी कमजोरी पारदर्शिता गर्नु पत्रकारको धर्म रहेकाले कलैया उपमहानगरपालिका भित्र भएको अनियमितता र भ्रष्टाचारको चंगुलमा रहेको नगर भित्रको कार्यलयलाई भ्रष्टाचार मुक्त कार्यालय बनाउन आफु लागि परेको बताउनु भयो । आफुले जेष्ठ २५ गते बाट कार्यभारको जिम्मेवारी प्राप्त गरेपछि नगरपालिका कार्यालय भित्रको भ्रष्टाचारको चंगुल तोडेको वहाले बताउनु भयो । पत्रकारहरुले उठाएको स्वास्थ्य तर्फ ट्राफिक ब्यवस्थापन , बजार ब्यवस्थापन , विभिन्न स्थानमा शौचालय निर्माण लगायतको कमि कमजोरीको बिषयमा नगर प्रमुख साहले स्वास्थ्य तर्फको निरिक्षण गर्ने काम तथा कलैयाको सरसफाइ ,सवारीसाधन ब्यवस्थापनलाई मध्यनजर गर्दै सोही अनुसारको काम भैइरहेको नगर प्रमुख साहले जानकारी दिनु भयो ।
यस्तै नगर क्षेत्र मातहदका बिधालयमा देखिएको अनियमितता र चाकडीलाई सुधार गर्ने बताउनु भएको छ । नगर भित्रका अधिकांश सामुदायिक बिधालयहरुमा भ्रष्टाचार ,अनियमितता भैइरहेको जनगुनासो बढेपछि आफुले धेरै ठाँउमा छड्के चेकजाँच गरेको र अनुसन्धानको घेरा भित्र ल्याईएको पत्रकार संगको भेटघाटमा वहाले जानकारी दिनु भयो । कलैया उपमहानगरपालिका वडा न १ स्थित रहेको श्री ३ चन्द्र उच्च माध्यमिक बिधालयले अनियमितता नगरेको बताउदै बिधालयको रका फरक फारक देखिएको १८ लाख ५६ हजार अग्रेजी माध्यमाका बिद्यार्थीबाट उठाउन बांकी आर्थिक सहयोगको रकम रहेको , प्रमुख साहले बताउनु भयो । बिधालयको प्रधानाध्यापकले बिद्यार्थीले प्रमाणपत्र लिने बेलामा उनिहरुबाट रकम संकलन हुने बताईएको छ । त्यसैगरी कलैया उपमहानगरपालिका २० बसतपुर स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा दिवा खाजामा बालबालिकालाई सडेको चन्ना खुवाईएको निरीक्षणको क्रममा भेटेपछि बिधालयको प्रधानाध्यापक रामउदार सहनिलाई दण्ड जरिवाना स्वरुप बिधालयको प्राङ्गणमा रु ३ लाख ५० हजार बराबरको लागत खर्चमा सरस्वती माताको मुर्ती स्थापना गर्ने प्रधानाध्यापकलाई निर्देशन दिइएको जानकारी दिनु भयो । उक्त पत्रकार भेटघाटको क्रममा उहाले नगर भित्र रहेका सम्पूणर् पत्रकारहरुलाई आफुले गर्न सक्ने हरेक सहयोगको लागि सधै त्यार रहने बताउनु भएको छ । सोही अवसरमा उप महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले आ.व.२०७९/०८० मा भएको कामको समस्टीगत विवरण प्रस्तुत गर्न भएको थियो । प्रस्तुत विवरण अनुसार बाटो ढलान ७.५ किलो मिटर,ग्रेभल १६.४५ किलो मिटर सार्वजनिक शौचालय ३ वटा,वाडा नम्बर ३,७ र १३ मा चापाकल चार सय पचिस वटा सामुदायिक भवन १० वटा वाडा नं २,६,९,१२,१५,२२,र २४ मा जेष्ठ नागरिक भवन वाडा नम्बर ४ मा एक वटा यस्तै सिचाई कुलो मर्मत सम्भार १७ कि.मि.नाला ४.२ कि.मि. वाडा कार्यालय चार वटा , बिधुत पोल २ सय ६१ थन र तार २८कि.मि. यस्तै ट्रन्सफरमर एक र टावर लाइट पाँच थान जडान भएको जानकारी गराईएको छ ।






