कलैयाका युवाद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

बारा, कलैया ।
कलैयाका युवाहरूले आज बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्रलाई भेट गरी मानवत–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयामा अधुरो रहेको तीन किलोमिटर सडक निर्माण कार्य छिटो छरितो रूपमा सम्पन्न गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

युवाहरूको टोलीले सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराउँदै, कार्य समयमा सम्पन्न गर्नका लागि सम्बन्धित निकायहरू — विद्युत प्राधिकरण, खानेपानी, नगरपालिका, नेपाल टेलिकम तथा अन्य इन्टरनेट सेवा प्रदायक (ISP) हरूसँग समन्वय गरी आवश्यक सहयोग, निर्देशन र सहजीकरणका लागि अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी मिश्रले युवाहरूको अभियानप्रति सराहना गर्दै उक्त सडक निर्माण कार्य शीघ्र सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयको तर्फबाट सक्दो सहयोग र समन्वय गर्ने आश्वासन दिनुभयो।

उक्त भेटघाट तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा कलैया सडक सुधार अभियान का सदस्यहरू उपस्थित थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close