बारामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कलैया : बाराको कलैया–पिलुवा सडकखण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १६ का ५५ वर्षीय उद्धवप्रसाद यादव रहेका छन् ।

पिलुवाबाट ना५६प ६६९८ नम्बरको मोटरसाइकल चलाएर कलैयातर्फ जाँदै गरेका यादवको कलैया उपमहानगरपालिका २४ स्थित सखुईमा दुर्घटना भएको हो । यादवले चलाएको मोटरसाइकल सडकमा आगाडी रहेको बा प्र० १ – ०२५ च ४९५३ नम्बरको कारमा ठोक्किएर अनियन्तित भई कलैयाबाट आउँदै गरेको बा।प्र।०३–००१ ख ३२९० नम्बरको बसको पछाडिको चक्कामा परेको थियो ।

बसको पछाडीको चक्काले किचेर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए । प्रहरीले बसको चालकलाई नियन्त्रणमा लिएको छ ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत प्रहरी टोलीहरु घटनास्थल पुगेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close