बारामा सशस्त्र प्रहरीद्वारा करिब १० लाख रुपैयाँको अवैध सामान बरामद

बारा । बारामा सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा गरेको चेकजाँच तथा निगरानीका क्रममा करिब १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराअन्तर्गतका विभिन्न युनिटबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीले बरामद गरेका सामानमा रजनीगन्धा, कपडा, मोबाइल पार्ट्स, पिनट तथा डेरी मिल्क, स्नाइकल चकलेट, खजुर, टायर, मोटरसाइकल, किराना सामान र पटका लगायतका वस्तु रहेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस





