बाराको कलैयामा टिपरले किचेर एक बालीको मृत्यु , चालक प्रहरी कार्यालयको हिरासतमा

रामबाबु मेहता,जेठ १९गते । बाराको सदरमुकाम कलैया स्थिति बाल मन्दिर को सामुने बिरगंज बाट कलैया तर्फ आउदै गरेको ना.१ क ८०५६ नं.को टिप्परले बाटो क्रस गर्दै गरेको पैदल यात्री ६ बर्षिय एक बालिकालाई किचेर ज्यान लिएको हो । मृत्यु हुनेमा देश भारत जि.मोतिहारी आठ मुहान घर भई हाल जि.बारा कलैया उ.म.न.पा.१ मोतिबाघ स्थित डेरा गरी बस्ने हरेराम साहको छोरी बर्ष अं.६ की सिवानी रहेको प्रहरीले जनाएको छ । गुप्तालाई ठक्कर दिदाँ ढाड टुटेको र टाउकोमा चोट लागी अचेत अवस्था मा प्रहरीले आशिर्वाद अस्पताल कलैया पुरयाएको प्रत्यक्षदर्शीहरुले बताए । सो अस्पतालमा सामान्य उपचार गराइ थप उपचारको लागि एल.एस.न्युरो अस्पताल परवानिपुर बारामा पुरयाउदा डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको हो । मृतकको शब सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । टिप्पर चालक जि.बारा कलैया उ.म.न.पा.१८ बस्ने बर्ष अं.३७ को सत्य नारायण साह जि.प्र.का.बाराको नियन्त्रणमा रहेको बाराको प्रहरी प्रवक्ता डीएसपी बिजय राज पण्डितले जानकारी गराए ।





