मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक : दाहाल

काठमाडौँ —नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान-२०८१ लाई सम्बोधन गर्दै बुधबार उनले यस्तो धारणा राखेका हुन् । जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउँदै अध्यक्ष दाहालले भने, ‘उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ-जान्छ तर यसलाई प्रतिक्रियावादीहरुले आफूले चाहेजस्तो बनाउन खोज्ने छन्, हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ । नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए ।

नेपालमा जनताले दस वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै उनले जनताको तर्फबाट यति धेरै संगठित र व्यवस्थितरुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको पनि स्पष्ट गरे । उनले इतिहासको सम्मानका लागि नयाँ संस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close