प्रतिबन्धित लागू औषध ट्याब्लेटसहित १ भारतीय नागरिक पक्राउ


बारा, मंसिर १७ — प्रतिबन्धित लागू औषधसहित एक भारतीय नागरिक बारा प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय छतवा, बाराबाट प्रहरी बरिष्ठ हवल्दार रामस्वरूप यादवको कमाण्डमा खटिएको टोलीले सोमबार दिउँसो करीब ३ः४० बजे बिश्रामपुर गाउँपालिका–१, बटम चोकमा भारततर्फबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त बरामद भएको हो।
भारतको BR 05 AM 6152 नम्बरको मोटरसाइकललाई शंकाको आधारमा रोकिएका प्रहरी टोलीले चालकले बोकेको कपडाको झोलाबाट लुकाइ–छिपाइ ल्याइएका ठूलो परिमाणका मनोपरिवर्तनकारी औषधि फेला पारेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका मोटरसाइकल चालक भारतको मोतिहारी जिल्ला, हरपुर पंचायत–१२ का ३२ वर्षीय मोहम्मद इमरान हुन्।

उनको झोलाबाट बरामद लागू औषध:
Alprazolam (Trika) 1 mg — ७२ पत्ता (७२० ट्याब्लेट)
Alprazolam (Trika) 0.5 mg — ५२ पत्ता (७८० ट्याब्लेट)

उक्त लागू औषध नेपालमा बिना चिकित्सक अनुमति बिक्री–वितरण गर्न नपाइने सूचीमा पर्ने प्रतिबन्धित औषध हुन्।
प्रहरीले इमरानलाई पक्राउ गरी मोटरसाइकल एवं बरामद औषधसहित नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close