सात्विक गढीमाई अभियान अन्तर्गत नेपाल भारत मिडियाक्रमिको भुमिका बिषयेक अन्तरकृया कार्यक्रम सम्पन

कलैया साउन १९ ।
पशु कल्याण संघ नेपालको आयोजनामा सात्विक गढीमाई अभियान अन्तर्गतको नेपाल भारत मिडियाक्रमिको भुमिका बिषयेक अन्तरकृया कार्यक्रम शनिबार कलैया स्थित दरबार होटलमा सम्पन्न भएको छ ।
समपन्न कार्यक्रममा सरोकारवालाले पशुबली निरुत्साहित हेतु सात्विक पुजापाठ लाई संरक्षण गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका थिए । सात्विक गढीमाई अभियान अन्तरगत आजको अन्तरकृया कार्यक्रमलाई महागढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा र गढीमाई मन्दिर संचालन तथा बिकास समिति अध्यक्ष रामचन्द्र साहले संयुक्तरूपमा पानसमा दिप प्रजवलन गरि उदघाटन गरेका हुन् । उदघाटन शत्रलाई सम्बोधन गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले पशुबली होईन सात्विक पुजापाठ लाई मान्यता दिनका निम्ति पशु कल्याण संघ नेपालले निरन्तर रुपमा जनचेतना जगाउनु पर्ने धारणा राखेका थिए ।
बिश्व प्रसिद्व शक्ति पिठ गढीमाई प्रती आस्था बिश्वास राखी भाकल गर्ने भक्तजनले सात्विक पुजापाठलाई मान्यता दिनु पर्ने बतए । सोही कार्यक्रममा बोल्दै गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साह तेलीले बिश्वमा पशुबलिको नामले चिनिने गढीमाई मेलामा श्रद्धालु भक्तजनले श्रद्धा पुर्वक रांगा , बोका ल्याउने गर्छन । मातालाई प्रसादको रुपमा ल्याईने बस्तु लाई नकार्न नमिल्ने ,मातालाई फुल अबिर मिठाइले समेत प्रसन्न खुशी पार्न सकिने आस्था र बिश्वास जगाउन पशुकल्याण संघले संदेशमुलक होडिङ्ग बोर्ड ,सडक नाटक , समाचार सम्प्रेषण गर्नुपर्ने अध्यक्ष साहले बताए । पशु कल्याण संघ नेपालको अध्यक्ष स्नेहा श्रेष्ठले अन्तरकृया कार्यक्रमलाई सहजीकरण गर्दै आस्था र बिश्वासको प्रतिकको रुपमा रहेको शक्ति पिठ गढीमाईको महिमा अपरम्पार रहेको बताईन । श्रेष्ठ उनी आफै शक्तिपिठ गढीमाईको भक्त रहेको बताईन । हरेक पाँच बर्षमा लाग्ने गढीमाई मेलामा भाकल स्वरुप ल्याईने रांगा , बोका , परेवा आदि पशुपंक्षीको सट्टा नगद राशी रंगाको रु ८हजार बोकाको ४ हजार र परेवाको ३ सय दान गरि पुण्य कमाउन सकिने भएकोले सकारात्मक संदेश आम जनमानसमा फैलाउन सञ्चारकर्मीको भुमिका अहम रहेको बताईन । 
पशु कल्याण संघ नेपालको अध्यक्ष स्नेहा श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सञ्चाकर्मीले उठाएको प्रश्नहरुको जवाफ प्रशासकीय अधिकृत कुशवाहा र स्नेहा श्रेष्ठले सहजीकरण गरेका थिए । 
बारा ,पर्सा ,रौतहट र छिमेकी राष्ट्र भारतका सञ्चारकर्मीहरुको सहभागिता रहेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहताले संसारमा दुई थरी बिचार बोकेका ब्यक्ति भएको एक अरुले भनेको कुरा सहजै मान्ने र अर्को प्रमाणको अधारमा अरुले बोलेको मान्ने अर्थात एक बिज्ञानलाई मान्ने र अर्को अध्यात्मलाई मान्ने भएकोले यस्ता फरक फरक बिचार आउनु स्वभाविक रहेको बताए । गढीमाई मेला बलीकै लागि एशिया महादेशमै प्रषिद रहेकाले कसैको आस्था र विश्वाशमा खलल नपुरयाउने गरि आयोजकले आफना अभियान सफल पार्न प्रचार प्रसारको माध्यम अपनाउनु पर्ने बताए । यस्तै पुर्व राज्यमन्त्री कलावती पासवान लगायतले घरघरमा चेतना फैलाएर अभियान सफल पार्ने आफना बिचार राखेकी हुन । सो कार्यक्रमलाई पत्रकार नरेश गुप्ताले संचालन गरेका थिए ।






