बैंकबाट करोडौ ऋण लिएर वीरगञ्जका कन्हैया सोनार फरार

वीरगञ्ज,भदौ ५ । बिभिन्न बैंकबाट करौडौ रुपैया ऋण लिएर वीरगञ्जका कन्हैया सोनार फरार भएको रहसय खुलेको छ ।
वीरगञ्जका विभिन्न बैंकबाट करिब १४ करोड रुपैयाँ ऋण लिएर सुनचाँदी व्यवसायी कन्हैया प्रसाद सोनार फरार भएका छन् ।
पटक पटक बिवादमा तानिएका सोनार वीरगञ्जस्थित लक्ष्मी बैंक, सिभिल बैंक, प्राईम बैंक लगायतबाट करिब १४ करोड रुपैयाँ ऋण लिएको समाचार स्रोतले जनाएको छ ।

वीरगञ्जको माईस्थान र मिनाबजारमा रहेका दुबै घरबाट सरसामान उठाएर कन्हैया करिब १५ दिनदेखि बेपत्ता छन् । यात्रा डेलीलाई प्राप्त स्रोतकाअनुसार कन्हैया प्रसाद बैंकको १४ करोडसँगै बजारको लाखौ रकम समेत लिएर भारतको सुरतमा लुकेर बसीरहेका छन् ।
उनको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले दुई पटक छापामारी गरेर ठूलो मात्रामा रकम र चाँदीका गरगहना समेत बरामद गरेको थियो ।

पहिलो पटक २०७६ साल असार ९ गते छापा मारेर प्रहरीले ४१ लख नगद र चाँदीसहित ७ जनालाई पक्राउ गरेको थियो ।
छापा मारेर प्रहरीले ४१ लख ९२ हजार नगद र दुई किलो ९ सय ग्राम चाँदीसहित ७ जनालाई पक्राउ गरेको थियो ।
यस्तै दोस्रो पटक २०७८ भदौ ३० मा पनि प्रहरीले छापामारी गरेको थियो ।

माईस्थान चौकस्थित कन्हैया प्रसादको आफ्नै घरमा सञ्चालन गरेको केपी स्वर्ण कला केन्द्रमा हुण्डी (अवैध वित्तीय कारोबार) भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा प्रहरीले स्रोत नखुलेको ३८ लाख ५१ हजार एक सय रुपैयाँ समेत बरामद गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close