सिम्रौनगढमा पूर्व नगर प्रमुख विजय शंकर यादवको कार्यकाल अविस्मरणीय

रामबाबु मेहता। बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा पूर्व नगर प्रमुख विजय शंकर यादवको कार्यकाल विकास र परिवर्तनको ऐतिहासिक चरणका रूपमा स्मरण गरिँदै आएको छ। उहाले करिब पाँच वर्षको अवधिमा अनेकौं चुनौतीहरू — विपक्षीका मुद्दा, संघर्ष तथा कोभिड–१९ को महामारी — सामना गर्नुपरेपनि उहाँले नगरलाई नयाँ रूप दिन सक्ने महत्वपूर्ण काम गर्नुभएको छ।
नगर प्रमुख यादवले पुरा गर्नुभएको प्रमुख कामहरू यस प्रकार रहेका छन् ।
वरुण यन्त्र खरिद गरी नगरको आवश्यकतामा प्रयोग,
नगर अस्पताल निर्माण र २४ घण्टा स्वास्थ्य सेवा उपलब्ध।
५० शैय्याको अस्पताल निर्माण कार्य सम्पन्न,
नगरपालिकाको नयाँ भवन निर्माणको थालनी,रानीवासमा कृषि बजार निर्माण,टिपर, ट्र्याक्टर, जेसीबी र फोहर व्यवस्थापनका गाडी खरिद,सिम्रौनगढ तरकारी बजारमा शेड निर्माण,पर्यटन प्रवर्द्धनका लागि माग दाबी तथा विभिन्न काम,
गाउँगाउँमा बाटो निर्माण र ढलान,सिम्रौनगढको धरोहरलाई विश्व सूचीमा राख्ने पहल,रानीवास र कंकाली मन्दिरको आधुनिकरण योजना,मन्दिरहरूको रंग रोधन कार्य,पुरातात्विक उत्खनन (सन्नुखिया माई, तलेजु भवानी क्षेत्र) जसमा भूमिगत ऐतिहासिक संरचना भेटिएको छ। खेलकुद प्रवर्द्धनमा सक्रियता र क्रिकेट ग्राउण्ड निर्माण (काचोर्वा र सिम्रौनगढमा)।
कोभिड–१९ महामारीका बेला राहत वितरण।
हेल्प डेस्क सञ्चालन र घर–घरमा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य परीक्षण।
जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम।
यति धेरै कार्य सम्पन्न गर्नुभयो तापनि उहाँको दुई वर्षको समय विपक्षीका मुद्दा र संघर्समै बित्यो, एक वर्ष महामारीको चपेटामा रह्यो। बाँकी दुई वर्षमा उहाँले देखाउनुभएको विकासको गति र प्रतिबद्धता सिम्रौनगढका जनताले कहिल्यै बिर्सने छैनन्।
सिम्रौनगढलाई आधुनिकता, स्वास्थ्य, शिक्षा, खेलकुद र पर्यटनमा अघि बढाउने काममा विजय शंकर यादवको योगदान अमूल्य मानिन्छ। स्थानीय बासिन्दाहरू अझै पनि उहाँलाई “विकास–मुखी मेयर” का रूपमा सम्झन्छन्।






