फेटाका मेयर रूस्तम अन्सारी बिरूध झाडु जुलुस प्रदर्शन

बारा, ८ पौष / बारा जिल्लाको फेटा गाउपालिकाका अध्यक्ष रूस्तम अन्सारी बिरूध स्थानीय महिला तथा युवाहरू झाडु जुलूसको प्रदर्शन गरेका छन । फेटा गाउपालिका वडा नम्बर ६ स्थित रहेको मदर्शा हुसैनिया इनर्वा पुरैनियामा ब्यवस्थापन समितिका पदाधिकारीलाइ मनमौजी पाराले चयन गरेको बिरोधमा जाडु जुलूस प्रदर्शन गरेका हुन ।
मदर्शाको प्राध्यापक लागयत अभिभावकहरूलाई समेत जानकारी नै नगराइ ब्यवस्थापन समिति मनमौजी पाराले चयन गरेको बिरोधमा स्थानीयहरू झाडु जुलूसको प्रदर्शन गर्न बाध्य भएको सहभागी महिलाहरू बताउछन । झाडु जुलूसमा मेयर रूस्तम अन्सारी चोर भन्दै नारा जुलूस लगाएका थिए । फेटा चौकबाट निस्केको जुलूस गाउपालिका नपुग्दै मेयर रूस्तम अन्सारी कार्यालय छोडी फरार भएको प्रत्यक्षदर्शीहरू बताउछन । जुलूसमा करिब २ सय भन्दा बढी स्थानीयहरूको सहभागिता रहेको जनाइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस