माहागढी न. पा. को ८१ करोड ५८ लाख भन्दा बढीको बजेट सार्वजनिक

कलैया, अषाढ०९ । शिक्षा,स्वास्थ्य,पूर्वाधार,सरसफाइ तथा खानेपानी कृषि क्षेत्रको साथसाथै धार्मिक क्षेत्रलाई उच्च प्राथमिकतामा जोड दिदै बाराको महागढीमाई नगरपालिकाले सोमबार आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवले नगरपालिकाको ९ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपैयाँको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

नेपाल सरकारबाट विभिन्न अनुदान शिर्षक अन्तर्गत ८१ करोड भन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय सरकारबाट समानिकरण अनुदान १४ करोड ७ लाख,सशर्त अनुदान चालू २५ करोड ३७ लाख ,सशर्त अनुदान पुजिगत १५ करोड ५४ लाख,विषेश अनुदान १ करोड ४४ लाख,संघीय समपुरक अनुदान ८७ लाख,संघीय राजस्व बाँडफाड अनुदान ११ करोड ४४ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारबाट समानिकरण अनुदान ९९ लाख ९५ हजार,सशर्त अनुदान ९५ लाख,विषेश अनुदान ३० लाख,समपुरक अनुदान २० लाख,राजस्व बाँडफाड अनुदान ६९ लाख ८४ हजार ३ सय २० रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ ।

त्यस्तै नगरपालिकाको आन्तरिक श्रोतबाट ९ करोड ५० लाख रुपैयाँ बराबर जुटाउने जनाएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close