प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवस कलैयामा मनाइयो

कलैया १५ माघ

श्रमजीवी पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल २० वर्ष पूरा २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा बाराको सदरमुकाम कलैया स्थित भरत चौकमा आज साझ दिप प्रजव्लन गरेको हो नेकपा माओवादीले सुरु गरेको जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको नेपाल क्रान्तिकारी पत्रकार सङ्गठन विभिन्न आरोह अवरोह तथा सङ्गठनहरूबिच एकता, गर्दै विभाजनका प्रक्रियाहरूपछि हाल प्रेस सेन्टर नेपालको रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपाल बारा शाखाले आयोजना गरेको सो दिपप्रज्वलन कार्यक्रममा कलैया उपमहानगरपालिका नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मुकेश साहले जन पक्षीय पत्रकारिताको व्यवसायिकता र पत्रकारको हकहित सुनिश्चित गर्न प्रेस सेन्टर मेपालको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले नागरिकका समस्यालाई उजागर गर्दै सुसूचित गराउने जिम्मेवारी पूरा गर्न पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिए।

प्रेस सेन्टर नेपाल बाराका उपाध्यक्ष प्रीयांका कुमारी सोनिको अध्यक्षतामा भएको कार्यक्रमलाई सेन्टर बारा सचिव अखिलेश यादवले सन्चालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close