कलैयामा बिरोध सभामा सरकार मुर्दाबादको नारा, कार्यक्रम कोणसभामा परिणत

रामबाबु मेहता, भादौ ३ गते । बाराको कलैयामा जनता समाजवादी पार्टी (जसपा) का नेता तथा कार्यकर्ताले आज भरत चोकमा विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध गौर हत्याकाण्ड प्रकरणमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको विरोध गर्दै प्रदर्शन गरिएको हो पर्दर्शन पछि गरिएको बिरोध सभामा सरकार मुर्दाबादको नारा, लगाइएको हो । सो विरोध सभामा सहभागीहरूले “नस्लीय सरकार मुर्दाबाद, उपेन्द्र यादव जिन्दाबाद, झुटा मुद्दा खारेज गर” भन्ने नारासहित सरकारविरुद्ध कडा आवाज उठाएका छन् । सभाको अध्यक्षता जसपा नेपालका जिल्ला अध्यक्ष रमेश कुमार यादवले गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा केन्द्रिय सदस्य प्रकाश चौगाई, सुशिल यादव, अवधभुषण यादव, प्रमिला गिरी, धर्मबीर यादव, कमलेश मण्डल, रजित समाचार चौरसिया, दिपेन्द्र गौरव तथा सचिता यादवलगायत नेताहरूले सम्बोधन गरेका थिए ।
सभामा वक्ताहरूले सरकारको विभेदपूर्ण र नस्लीय नीतिबिरुद्ध एकताबद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले झुटा मुद्दा खारेज गर्दै जनताको अधिकार र पहिचानका पक्षमा आन्दोलनलाई अझ सशक्त बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रमको सञ्चालन जसपा नेपालका जिल्ला सचिव शम्भु गुप्ताले गरेका थिए भने कार्यक्रमको उद्देश्य र पृष्ठभूमि बारेमा जसपा नेपालका युवा नेता अंगद कुमार सहनीले जानकारी गराए ।






