निजगढ र जितपुर सिमरामा नौ बिगहा लागु औषध गाँजा खेती फडानी

शुभम संदेश । बारा जिल्लाको उत्तरी क्षेत्र निजगढ र सिमरामा गरि नौ बिगहामा लगाइएको  प्रतिबन्धित लागु औषध गाँजा खेती प्रहरीले फडनी गरि नष्ट गरेको छ।

विगाहा जति खेतमा लगाइएको अवैध लागु औषध गाँजाको करिब एक लाख ८० हजार बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जनाएका छन्।ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट बिहीबार खटेको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी गाउँ र नयाँ वस्तिमा लगाइएको पाँच विगाहा गाँजा खेती नष्ट गरेको हो।  
यस्तै  ईलाका प्रहरी कार्यालय निजगढले वडा नम्बर १२ र १३ मा चार विगाहा गाँजा खेती नष्ट गरेको सापकोटाको प्रेस विज्ञप्तिमा लेखिएको छ। स्थानीयहरुका अनुसार सो क्षेत्रमा हरेक वर्ष यस्तै लुकाइ छिपाइ र स्थानीय प्रहरीहरूलाई प्रती काठा रु १६ हजारका दरले नजराना दिई खेती हुँदै आएको छ । सो खेति जिल्ला भित्रकै राजनितिक पार्टीको खोल ओढेर तस्करी गर्ने ठूलो गिरोहले नै गर्न लगाएको न्याबस्तीका केही स्थानीयहरु बताउछ्न ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close