आचारसहिंता पालना बारे मिडिया काउन्सिल मधेश प्रदेशद्धारा अनतरक्रिया

दास पन्नालाल- कलैया
मिडिया काउन्सिल मधेश प्रदेश जनकपुरधाम द्धारा आयोजित आचारसहिंता पालना बारे बुधवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ बाराका कार्यवाहक अध्यक्ष रामबाबु मेहताको अध्यक्षता तथा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यसतो बताएका हुन। संचार माध्यम र पत्रकारले आचारसहिंता पालाना गर नगरेको बारे सुक्ष्म निगरानी गरीरहेको छ। पत्रकारले आचारसहिंता ख्याल गर्नु पर्नेमा जोड दिएका थिए।
उपनिर्वाचन नजिकै गर्दा कुनै पनि उम्मेद्वारलाई होच्याएर अनर्गल प्रचारप्रसार गर्नु आचारसहिंताको उलंघन भएको मानिने छ। प्रचार प्रसारको सामग्रीको तोकिएको सामग्रीको साईजमा मात्रै गर्न पाने उनले बताए। पित पत्रकारिताले एकपक्षिय सामाचार सम्परेषण गर्नु भएन। यदि पत्रपत्रिकाले आचारसहिंता विरुद्ध सामाचार प्रकाशन प्रशारण गरेको पाईएमा कार्यवाही गरिने बताए।
विशेषगरि उपनिर्वाचनमा पत्रकार र पत्रिका ए फम अनलाईन लगायत संचारगृहबाट प्रकाशित सामाचार प्रति सूक्ष्म अवलकोन गरिरहेको बताएका थिए। यदप्रति सबै पत्रकार सजग भई कलम चलाउन आग्रह गरेका हुन्। पक्षाति सामाचारले सामाचारको विश्वनियता घटाउने भएकोे स्वच्छ र मर्यादित समनचार कर्म गर्नमा जोड दिएका थिए। आचारसहिंताको पालना भए नभएको अनुगमन अवलोकन विविद्ध कोणबाट भईरहेकोले उत्तरदायि भएर सामाचार सम्प्रेषण गर्न सुझाएका थिए। सहभागी पत्रकारबाट उठेका सवालको जवाफमा पहिला पत्रकार शचेत सयर्क अनि संवेदनशिल भएर आचारसहिंता पालनामा ध्यान दिनुबपर्ने बताए। मिडिया काउन्सिल संचार र संचारकर्मि नियामन गर्ने अधिकार सम्पन्न हो ।जथाभावि लेख्ने कसैलाई छुट नरहेको अध्यक्ष दासले सचेत गराएका थिए। आमसंनचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव संचारबारे उठेका जिज्ञासा बारे धारणा राखेका थिए। यसैगरि पत्रकारमहासंघ केन्द्रीय सदस्य केसि लामिछानेले पत्रकारले पालाना गर्नु पर्ने आचारसहिंताबारे प्रशिक्षण सहजिकरण गरेका थिए। पित पत्रकारिताबाट माथि उठेर पत्रकारिता गर्दा मर्यादित हुने बताए।यस क्षेत्रमा लागेको पत्रकार खास गरि नयाँले आचारसहिंताको जानकारी राख्नु पर्ने बताए। सामाचार पस्किनु कर्तव्यले कस्तो सामाचार र केका लागि हो बुझ्नु जरुरी छ । चुनावमा झन आचारसहिंताको पालनामा ध्यान दिए जोखिम कम हुने जानकारी गराएका थिए। नेपापत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्णले पत्रकारता पक्षपाति नभएर निष्पक्ष स्वतन्त्र रहनु पर्छ । महासचिव श्याम बन्जारा , पज्ञकार महासंघ पर्सा उपाध्यक्ष युवराज खडका लगायत उक्त अन्तरक्रियामा विभिन्न मिडियसँग सम्बन्धित राष्ट्रिय तथा स्थानिय स्तरबाट प्रकाशित संचार माध्यमाका प्रकाशक रेडियोकर्मी अनलाईन संचालक लगायतका पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेका थिए। कार्यक्रम बारे काउन्सिल सदस्य वन्दना झाले प्रकाश पारेकी थिईन भन्ने स्वागत मन्तव्य शाखा अधिकृत मुनेश्वर यादवले गरेका थिए। नेपाल पत्रकारमहासंघ बारा शाखाले संयोजन गरेको सो अनतरकृया कार्यक्रमलाई शाखाका सचिव अनिल कुमार गौरवले संचालन गरेका थिए ।





