पर्सा प्रहरीको कमाण्ड आज बाट एसपी ढुंगेलले सम्हाले

९ फागुन,वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा आज हाजिर भई एसपीं कुमोध ढुंगेलले प्रहरीको कमाण्ड सम्हालेका छन् ।
दिउँसो कार्यालयमा हाजिर प्रहरी उपरिक्षक (एसपी) ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।
प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिन पछाडि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी ढुंगेललाइ डिएसपी कुमारविक्रम थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएको जनाइएको छ ।
प्रहरी मुख्यालयले यही १ गते ढुंगेलसहित ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस






