बारामा पाँच लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

सिमरा जितपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराबाट एक जना वडाध्यक्षलाई घुस रकम सहित पक्राउ गरेको छ ।
हेटौडा स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।
वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
वडाध्यक्ष कार्कीले घरबाटो सिफारिसका लागि एक जना सेवाग्राहीसँग पाँच लाख घुस रकम लिदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो ।
एमालेबाट वडाध्यक्ष जितेका कार्की नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य समेत हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close