पैतृक सम्पतीबाट अंश नपनएको भन्दै जितपुरका गिरी दम्पती दुई दिन देखि अनशनमा

  1. शुभम सन्देश ,कलैया भाद्र १३ । जितपुरका स्व . फकिरा गिरिका छोराहरू मध्ये बिनोद गिरिले आफुले पैतृक सम्पती बाट अंश नपाएको आरोप लगाउदै बिगत दुई दिन देखि अनशनमा बसेका छन ।

जितपुर सिमरा उपमहानगरपालिका ७ निवासी बिनोद गिरि र उनका परिवार मालती गिरिले ३८ कठा जग्गा अंश पाउनु प्रने मांग गर्दै स्व . फकिरा गिरिका छोरा राजु राज गिरीको घर अगाडि अनशनमा बसेका छन ।
आफ्नै भाइ राजु राज गिरी र उनका श्रीमती रजनी कुमारीले पैतृक सम्पती बाट म र मेरो श्रीमानलाई अंश नदिएको मालती गिरिले पत्रकारकारहरुको सामु आरोप लगाईन ।

अंशको लागि बारा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको र त्यहा जितपुर सिमराको वडा न ३ कितान १७८ को जग्गा ८ कठा र वडा न ३ कै किता न १७९को ६ कठा गरि राजु राज गिरि र रजनी गिरिले सहमतिमा अंश भर्पाई गरि बिनोद गिरिलाई २०७६ मंसिर २ गते अंश भर्पाई लिखित दिइएको भएपनी राजु राज गिरिले आफ्नो दाजु बिनोद गिरि संग छल गरि सो जग्गा भोलि पल्ट नै बिक्रि गरिएको रहस्य बाहिर आएका छन ।

स्व . फकिरा गिरिको छोराहरू सबैले अंश पाएको अर्का छोरा बिनोद गिरिले त्यतिबेला अंश नपाएको आफुहरु संग जालसाजी गरिएको मालती गिरिले बताईन । गिरि दम्पती परिवारले जितपुर वडा न ३ किता न ३५९२ को १ बिगहा ७ कठा , किता न ३५८६ को १४ कठा ४ धुर ,किता न ३५९६ को ७ कठा २ धुर गरि जम्मा ३८ कठा जग्गा आफ्नो अंश पाउनु पर्ने मांग गर्दै उनको घर अगाडि अनशनमा बसेका छन । आफ्नो परिवार बाट षड्यन्त्र गरि राजु राज गिरिले बिनोद गिरिको अंश बेईमानी गरेपछि आफ्नो अंशको लागि न्याय माग्दै नागरिक समाज , स्थानीय निकाए ,मानवअधिकारक्रमी ,पत्रकार संग सहयोग गर्न गिरि दम्पती परिवारले अपिल गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close